arrow

वालिङ नगर उपप्रमुख तिवारीलाई पितृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
congress-waling.jpg

स्याङजा । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । तिवारीका पिता भीमलाल तिवारीको शुक्रवार ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो ।

यसअघि कुनैपनि किसिमको स्वास्थ्य समस्या नभएता पनि पिताको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको परिवारिक भनाई छ । स्वर्गीय तिवारीका वालिङ नगर उपप्रमुख एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारीसहित दुई छोरी र तीन छोरा छन् ।

स्वर्गीय तिवारीको शवलाई शुक्रवार नै रामनदीधाम राम्दीमा अन्त्येष्टि गरिएको छ । यसैबीच वालिङ नगर उपप्रमुख कल्पना तिवारीका पिता भीमलाल तिवारीको निधनप्रति वालिङ नगरपालिकाले दुःख ब्यक्त गरेको छ ।

नगर प्रमुख दिलीपप्रताप खाँणले एक शोक वक्तब्य जारी गर्दै तिवारीको निधनले एक असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । तिवारीको निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी समवेदना प्रकट गरिएको उल्लेख छ ।

स्वर्गीय तिवारीको अन्तिम दाहासंस्कार गर्नु अघि नेपाली काँग्रेस स्याङ्जाले नेपाली काँग्रेसको चारतारे झण्डा ओढाएर शोक व्यक्त गरिएको थियो । उक्त शोकसभामा नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना, नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्याल, गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँया लगायते चारतारे झण्डा ओढाएर तिवारीको अन्तिम विदाई गरेका थिए ।

तिवारीको निधनले असल र निष्ठावान एक अभिभावक गुमाएको नेपाली काँग्रेसले जनाएको छ । निधनप्रति दुःख प्रकट गर्दै नेपाली काँग्रेस स्याङ्जासहित वालिङ उद्योग वाणिज्य संघले शोकसभाको आयोजना गरेका थिए । झण्डै दुई बर्ष अगाडी उपप्रमुख तिवारीलाई मातृशोक परेको थियो । दुई बर्षको अन्तरालमा उपप्रमुख तिवारीले मातापिता गुमाएकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ