arrow

स्थायी कमिटीको निर्णय

'विश्वासको मत दिनेहरू एमालेमा नरहने'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ३ आइतबार
uml-standing-committee-meet-balkot.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा नरहने निर्णय गरेको छ। माधवकुमार नेपाल लगायतका नेताहरूले देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि पार्टी स्थायी कमिटीको बैठक राखेर एमालेले सो निर्णय गरेको हो।

‘माधव नेपालले अरू कसैले विश्वासको मतको पक्ष मत नदिए पनि आफू एक्लैले भए पनि पक्षमा मत दिने अडान लिनु भयो। सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन,’ उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ। वहाँ अब एमालेमा रहनुहुन्न ,’ बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ