arrow

कांग्रेस संसदीय दल बैठक : देउवाले दिए राष्ट्रपति र पूर्व प्रधानमन्त्री ओलीसहित सबैलाई धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
deuba-pm-parliament-house.jpg
तस्बिर : रासस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री केपी ओलीसहित गठबन्धनमा सघाएका सबै दललाई धन्यवाद दिएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा केही बेर अघि बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मार्ग प्रशस्त गरिदिएकोमा पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । 

यसै गरी नयाँ सरकार गठनमा सहजीकरण गरेको भन्दै राष्ट्रपति भण्डारीलाईसमेत देउवाले धन्यवाद व्यक्त गरे । 

यसै गरी आफ्नै दल नेपाली कांग्रेससहित गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूह तथा राष्ट्रिय जनमोर्चालाईसमेत शीर्ष नेताको नाम लिएरै देउवाले सबैलाई धन्यवाद दिएको कांग्रेस सांसद भीमसेनदास प्रधानले जानकारी दिए । 

बैठकले विश्वासको मत दिन सघाउने सबैलाई धन्यवाद दिने निर्णय गरेकोसमेत प्रधानले जानकारी दिए । 

प्रधानमन्त्री देउवाले अहिले केही बेरमा नै प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । बैठकमा सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन कांग्रेसले  निर्देशन पनि दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ