arrow

देउवालाई मत दिन ओलीलाई दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
kp-oli-standing-committee-meet.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुरपक्षलाई आफ्नो पक्षमा मत दिन मनाए पछि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि दबाब परेको छ। महन्थ समूह देउवालाई सघाउने निर्णयमा पुगेपछि ओलीलाई एमाले भित्र देउवालाई समर्थन गरेर पार्टी बचाउन दबाब बढेको हो।

एमाले फुटको अन्तिम सङ्घारमा पुगेको अवस्थामा यो पार्टी बचाउन समेत अन्तिम प्रयास हुने भन्दै ओलीमाथि दबाब बढेको हो । एमालेकै माधव नेपाल समूह भने देउवाको पक्षमा उभिइसकेको छ।

तर यसअघि ओली समूहको एमालेले भने देउवालाई मत नदिने निर्णय गरिसकेको छ। देउवालाई मत दिँदा एमालेका सबै सांसद एक ठाउँ उभिएको देखिने र पार्टी पनि नफुट्ने हुनाले देउवाका पक्षमा उभिन एमाले अध्यक्ष ओलीलाई निकटबाटै पनि दबाब बढेको हो।

देउवाले ओली सरकारको पहिलो नीति तथा कार्यक्रमलाई काङ्ग्रेसबाट समर्थन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ