- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको छ।
बरिष्ठ नेता माधव कुमार नेपाल पक्षको माग अनुसार नै बैठक बोलाइए पनि नेपाल पक्षका नेताहरु बैठकमा सहभागी भएका छैनन् । नेपाल पक्षले बैठक एकलौटी रुपमा बोलाइएको आरोप लगाएको छ । नेपाल पक्षले तत्काललाई पार्टीका बैठकहरु रोकेर सहमतिका आधारमा मिति तोक्नुपर्ने आवाज उठाएको छ ।
बिहान साढे ११ बजे शुरु भएको बैठक यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज आइतबार शुरु भएको बैठक दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ ।
पार्टी कार्यालय स्रोतका अनुसार नेपाल पक्षको माग बमोजिम नै दशौं केन्द्रीय कमिटी बैठक राखिएको हो । जेठ २ अघिको संरचना अनुसार १० औं बैठक भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले संचारकर्मीहरुलाई बताएका छन् ।
दशौं केन्द्रीय कमिटी बैठक बोलाएर एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको प्रक्रिया अघि बढाइने बताइएको छ ।