arrow

मेधावी आर्यनले पाए महेन्द्रको संरक्षकत्व, उच्च शिक्षासम्म साथ दिने प्रतिबद्धता

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ साउन ४ सोमबार
mahendra-bhattrai.jpg

गौरादह । झापाको कमल गाउँपालिका १ सरङ्पाडा स्थित नरेन्द्र जनता माविमा कक्षा ४ मा अध्ययनरत आर्यन मर्डी एक मेधावी छात्र हुन । विपन्न परिवारमा जन्मिएका आर्यनको पढाइ प्रतिको लगनशीलताले उनी कक्षामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । 

जीविकोपार्जनका लागि उनका बाबु जुगल मर्डी राज मिस्त्रीको काम गर्ने गर्छन्  । ५ जनाको परिवार सदस्य रहेको जुगलको परिवारमा आर्यनसहित उनका २ बहिनीहरू छन् । 

 पढाइमा लगनशील भए पनि विपन्नताका कारण यस्ता कयौँ बालबालिकाहरू शिक्षाको तहगत सिढि पार गर्नबाट वञ्चित हुने गरेका छन् । यस्तै समस्यामा पर्नबाट जोगाउन मेधावी आर्यनलाई कमल गाउँपालिका वडा न १ निवासी सामाजिक परोपकारी महेन्द्र भट्टराईले सम्पूर्ण खर्च बेहोर्ने प्रतिबद्धता जनाइका छन् । 

हाल अध्ययनरत कक्षा ४ देखि ब्याचलर सम्मको अध्ययनमा आवश्यक पर्ने सम्पूर्ण खर्च बेहोरिदिने प्रतिबद्धताका साथ भट्टराईले आइतबार नरेन्द्र जनता माध्यमिक विद्यालयमा आवश्यक सुल्क तिरी भर्ना गराएका छन् । साथै उनलाई आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गरी आर्यनलाई हस्तान्तरण गराएका छन् ।

विपन्न परिवारको अभिभावक रहेका जुगल मर्डीले हँसिलो मुहार बनाउँदै आर्यनलाई उपलब्ध भएका शैक्षिक सामग्री हातमा लिँदै आफ्नो लगनशील छोरा आर्यनको संरक्षकत्व ग्रहण गरिदिने महेन्द्र प्रति आभार प्रकट गरे ।

आफ्नो छोराको भविष्यप्रति सदाशयता प्रदान गरिदिएकोमा खुसी व्यक्त गर्दै आफ्नो छोराको पढाइमा थप रेखदेख गर्नुपर्ने जिम्मेवारी बोध भएको जुगल बताउछ्न । हाल सो विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ