arrow

एमालेले देउवालाई विश्वासको मत दिने बरिष्ठ नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
nekapa-oli-commeetti.jpg

काठमाडौं । नेकपा एमालेले पार्टीको निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ ।

सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही स्वरुप २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने प्रस्ताव पेश गरेका थिए ।

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिंदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए ।

आइतबार देउवालाई माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले विश्वासको मत दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ