arrow

एमाले केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी, नेपाल पक्ष भने सरकारमा सहभागी हुनेबारे छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
nekapa-oli-commeetti.jpg

काठमाडौं । हिजो सोमबारदेखि शुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज मंगलबार पनि जारी रहने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुरु भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो।

एमाले केन्द्रीय कमिटीको चालू १० औं बैठक आज पनि जारी रहने एमाले सचिव शेर बहादुर तामाङले जानकारी दिए

सोमबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने उपस्थित भएका छनन् । उनीहरु देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरिरहेका छन् ।

सरकारमा सहभागी गराउने बारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहानै नेपाल निवास कोटेश्वर पुगेको बताइएको छ ।

नेपाल पक्षलाई सहभागी गराउन कानुनी र राजनीतिक विषयमा छलफल भइरहेको छ । साथै प्रधानमन्त्री देउवाले पनि नेपाल पक्षको निर्णय आएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ