arrow

राष्ट्र बैंकसहित १५ बैंकको सिस्टम ‘ह्याक’ गरी पैसा चोर्ने चेतावनी, के हाे यथार्थ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १६ बैंकको सिस्टम ‘ह्याक’ गर्ने चेतावनीसहितको एक म्यासेज भाइरल भएको छ । यो म्यासेज हिजो वुधवारदेखि नै भाइरल भइरहेको हो ।

विभिन्न १६ बैंकको सिस्टम  ‘कम्प्रोमाइज्ड’ गरेर नियन्त्रणमा ल्याएको भन्ने म्यासेज भाइरल भएपछि यसले बैंकिंग क्षेत्रमा ठूलो तरंग मच्चिएको छ ।

यद्यपि, यो म्यासेज नितान्त अफहाव र झुटो भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं सुचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए । बैंकको आईटी टिमले सिस्टम पूर्णरुपमा चेकजाँच गरेको र सबै सुरक्षीत रहेको उनले बताए । यसबाहेक आफूहरुलाई यस्तो कुनै प्रकारको मेल पनि नआएको सुचना अधिकारी पोखरेलले बताए ।

भाइरल म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंक, सानिमा बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गरिएको छ ।

तर, राष्ट्र बैंकले यो झुटो हल्ला भएको आफूहरुको तथ्यांक सबै सुरक्षित रहेको स्पष्ट पारेको छ ।  सबैलाई ढुक्कका साथ कारोबार गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

यस बिषयमा राष्ट्र बैंकले आफ्नो सबै प्रणाली सुरक्षित रहेको र यो म्यासेज हल्ला मात्रै भएको सुचना नै सार्वजनिक गर्ने तयारी थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ