arrow

ओलीले भने- 'बाटो बिराएका सबैलाई आममाफी दिन्छु' 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ७ बिहिबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी भित्र देखिएको विवादको विषयमा सबैलाई आममाफी दिने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरे । 

‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

सो कार्यक्रममा ओलीले अझै पनि नेकपा एमाले स्थानीय तहदेखि केन्द्रसम्म नै प्रमुख शक्तिका रूपमा रहेकोसमेत दाबी गरे । 

ओलीले कुनै पनि विकल्पबाट सरकार ढाल्न नसकेपछि आफ्नो नेतृत्वको सरकार ढाल्न सर्वोच्च अदालतको परमादेशको सहारा लिएकोसमेत बताए । 

उनले अब को कहाँ छ भन्ने छाडेर देश र जनताको कुरा गर्न तथा पार्टी एकताको कुरा गर्न सबैमा आग्रहसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ