arrow

जसपा केन्द्रीय कार्यकारिणी समितिमा को कता ?

उपेन्द्र पक्षले पाउँदै जसपाको आधिकारिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
jasapa-rajpa-thakur-yadav-sadhasya.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने लगभग पक्का भएको छ । १२ असार २०७७ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको थियो । यस्तै सोही वर्षको २४ असारमा आयोगमा जसपा नेपाल दर्ता गरिएको थियो । 

जनता समाजवादी पार्टी नेपाल दर्ता गर्ने सन्दर्भमा निर्वाचन आयोगमा प्रस्तावित केन्द्रीय पदाधिकारी र सदस्यहरूको सनाखत हुँदा कायम रहेको केन्द्रीय कार्यकारिणी समितिमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई नै अहिले निर्वाचन आयोगले जसपाको विवाद समाधानको आधार बनाएको छ । 

त्यही अनुसार आयोगले जसपाको आधिकारिकताको टुङ्गो लगाउन लागेको हो । आयोगको रेकर्ड अनुसार जसपाको कार्यकारिणी समितिमा ५१ जना छन् । त्यसमध्ये रेशमलाल चौधरी जेलमा छन् ।   

यो समाचार तयार पार्दासम्म ५० जनामध्ये ३३ जना उपेन्द्र यादव पक्षमा खुलेका छन् । यस्तै १७ जना महन्थ ठाकुर पक्षमा देखिएका छन् । आयोगको बिहीबार बसेको इजलासले निवेदन पक्ष र विपक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सबैलाई नागरिकतासहित आयोगमा ११ साउनका लागि सनाखतमा आउन आदेश दिएको छ । सोही दिन सनाखत गर्दै आयोगले जसपा विवादको टुङ्गो लगाउने आयोग उच्च स्रोतले जनाएको छ । 

इजलासका प्रमुखसमेत रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको बिहीबारको इजलासले जसपा नेपाल नामक दल २४ असार २०७७ मा दर्ता भएको र दर्ता भएका बखत सनाखतमा उपस्थित पदाधिकारी तथा सदस्यलाई नै विवाद निरुपणका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ६ अनुसार नागरिकता वा मतदाता पत्रको सक्कलसहित आयोगमा उपस्थित हुन आदेश दिएको हो । 

हालसम्म आयोगले दुवै पक्षबाट प्राप्त कागजातको अध्ययन गरिएको जनाएको छ भने दुवै पक्षका अधिवक्ताहरूलाई इजलासमा राखेर बहस गरिएको भनेको छ । आयोगले ३ साउनबाट जसपाको विवादबारे इजलासमा सुनुवाइ सुरु गरेको थियो । 

जसपामा विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गर्दै आइरहेको थियो । छलफलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रूपमा आधिकारिकता विवाद समाधान गर्न प्रक्रिया अघि बढाएको थियो । 

आयोगको इजलासले गत सोमबार दुवै पक्षबाट विवाद सुरु भएयता गरिएका काम कारबाही बारेका निर्णयका सक्कल  कागजात मागेको थियो । सो कागजातको अध्ययनपछि बिहीबार आयोगले दुवै पक्षका अधिवक्ताहरूलाई दुई दुई घण्टा समय दिएर बहस गरेको थियो । आयोगको इजलासमा हुने दुवै पक्षको बहस र सुनुवाइ बिहीबार नै टुङ्गाएको जनाएको छ । 

इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा छन् । 
यसअघि भने आयोगले जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षलाई बोलाएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ (४) को व्यवस्था अनुसार सहमतिको प्रयास गरेको थियो ।

उपेन्द्र यादव पक्ष
१ उपेन्द्र यादव
२ अशोक राइ
३ डा. बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो.लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहायप्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो. ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० शुशिला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव    
३३ गजाधर रोहिता यादव


महन्थ ठाकुर पक्ष
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ सरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार 
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कणर्
११ मनिषकुमार सुुमन
१२ राजकुमार लेखी
१३ केशबकुमार झा
१४ अकवाल अहमद शाह
१५ दानबहादुर विश्वकर्मा
१६ निर्जला राउत
१७ सुनिलकुमार झा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ