arrow

चितवनमा तीन सय बढीको संक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
Chitwan_District-2017.png

चितवन । जिल्लामा कोरोना संक्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो संख्यामा मृत्यु भएको हो ।
 
कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना संक्रमणले तीन व्यक्तिको मृत्यु भएको छ ।
 
यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा र होमआइसोलेसनमा रहेको समयमा उनीहरुको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । ढकालका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या १९ हजार नजिक पुगेको छ । हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ८७७ पुगेको उनले जानकारी दिए । त्यसमध्ये १६ हजार ८४५ ले संक्रमणमुक्त भइसकेका छन् ।
 
अहिले एक हजार ७१४ जना सक्रिय संक्रमित रहेको उनले बताए । त्यसमध्ये सार्वजनिक आइसोलेसनमा १०, अस्पतालमा ११२ र होमआइसोलेसनमा एक हजार ५९२ व्यक्ति रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ