arrow

नेपाली सेनाका हवलदारको हत्या गर्ने सेनाकै व्यक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
nepal-army-new.jpg.jpeg

चितवन । भरतपुर महानगरपालिका-१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ । 

पक्राउ पर्नेमा भरतपुर-२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका-१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए । 

जिल्ला प्रहरी कार्यालयद्वारा शुक्रवार यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो ।

 प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर सात-आठ मिटरको दूरीमा रहेका कुलोमा फालेर फरार भएको जानकारी दिए । 

अभियुक्त ढकाललाई भरतपुर-२० चनौलीबाट पक्राउ गरिएको उनले बताए । उनले ढकाललाई मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ