- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद र कार्यकारिणी समिति सदस्यहरु निर्वाचन आयोगमा भेला हुन थालेका छन् । उनीहरुको सनाखत पनि शुरु भएको छ ।
जसपाको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले आज सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको हो । दुवै पक्षका सांसद र कार्यकारिणी समिति सदस्यहरु आयोगमा पुगेर सनाखत शुरु गरेका हुन् ।
आयोगले जसपाका सांसद र कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’का लागि आयोगमा बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
सनाखतका लागि दावीकर्ता उपेन्द्र यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई आयोगमा अलग/अलग स्थान तोकिएको छ । सक्कल नागरिकता र परिचयपत्रसहित ५१ जना उनीहरु सनाखतका लागि लामबद्ध भएका छन् ।
यता, टिकापुर घटनाका कारण जेलमा रहेका जसपा कार्यकारिणी सदस्य एवं निलम्बित प्रतिनिधि सभा सदस्य रेशम चौधरीको सनाखतका लागि निर्वाचन आयोगका कर्मचारीहरु जेलमै पुगेका छन् । उनले कसको पक्षमा सनाखत गर्छन भन्ने थाहा भएको छैन् ।