- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता मोहम्मद इस्तियाक राईले उपेन्द्र यादव पक्षमा सनाखत गर्नेको संख्या ३५ पुग्ने दावी गरेका छन् ।
निर्वाचन आयोगमा रहेको उनले पार्टी आधिकारिकताको टुंगो आजै लाग्ने र उपेन्द्र पक्षमा यसअघि ३३ सांसद र केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेकोमा सोमबार त्यसमा थप दुई जना थपिएको जनाएका हुन् ।
केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका राजकिशोर यादव र प्रदेश २ का सांसद मनिस सुमन अन्तिम समयमा उपेन्द्र पक्षको लाइनमा उभिएपछि ३३ बाट दुई जना थपिएको बुझिएको छ ।
आयोगले जसपाका सांसद र कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’का लागि आयोगमा बोलाएको हो । सनाखतका लागि दावीकर्ता उपेन्द्र यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई आयोगमा उपस्थित भएर सनाखतको लाइनमा बसेका छन् ।