arrow

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी ऐन ल्याउन व्यवसायीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
sunchadi-bewasahi.JPG

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारीहरुवीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा महासङ्घका पदाधिकारीहरूले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरे ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।
 
त्यस क्रममा प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेमा माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिए । उनले व्यवसायीमाथि परेमा समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताए ।

त्यस क्रममा नेपाली काँग्रेसका सांसद मीन बहादुर विश्वकर्माले व्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माण लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिविद्धता व्यक्त गरे । उनले सुनचाँदीको कारोबार सम्बन्धी ऐन नहुँदा सुनचाँदी व्यवसाय सञ्चालनमा समस्या आएको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या शीघ्र समाधान हुनुपर्ने आवश्यकता औँल्याए । 

प्रधानमन्त्री देउवासँगको भेटका क्रममा महासङ्घका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराएका थिए । त्यस क्रममा नवनियुक्त प्रधानमन्त्री देउवालाई महासङ्घका अध्यक्ष शाक्यले महासङ्घका तर्फबाट बधाई दिनुहुँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
 
भेटका क्रममा महासङ्घका तर्फबाट उपाध्यक्षहरू विपिन रामुदामु, शिव सर्राफ, महेन्द्र रत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सदस्य सुविन बज्राचार्य लगायतको सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ