arrow

नैतिक शिक्षा लागु गर्न माग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ साउन ११ सोमबार
syanja-hindu.JPG

स्याङ्जा । स्याङ्जामा नैतिक शिक्षा लागु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको छ । विश्व हिन्दु युवा सङ्घ स्याङ्जाले जिल्लाका ११ वटै स्थानीय तहलाई नैतिक शिक्षा लागु गर्न ज्ञापन पत्र बुझाएको हो । नैतिक शिक्षा नहुँदा समाज नकारात्मक बाटोमा प्रवेश गरेको निर्क्योल निकाल्दै विश्व हिन्दु युवा सङ्घ स्याङ्जाले यो अभियान सुरु गरेको हो । 

अहिलेसम्म युवा सङ्घले जिल्लाका ५ वटा स्थानीय तहलाई ज्ञापन पत्र बुझाइसकेको जनाएको छ । सङ्घका अध्यक्ष नवराज पौडेलले वालिङ, गल्याङ्, पुतली बजार र भीरकोट नगरपालिका साथै अर्जुनचौपारी गाउँपालिकामा नैतिक शिक्षा लागु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको बताए । 

सबै स्थानीय तहका प्रमुखहरू यो विषयमा सकारात्मक देखिएको अध्यक्ष पौडेलले बताए । नैतिक शिक्षाको विद्यालय तहमा आवश्यकता भन्ने विषयमा सङ्घले यसभन्दा अगाडी जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, सरोकारवाला निकाय सँग अन्तरक्रिया सम्पन्न गरेपछि हरेक पालिकालाई नैतिक शिक्षा लागु गर्न माग गरेको हो ।

 पूर्वीय दर्शन हराउँदै पश्चिमा दर्शनको सुरुवातले नेपाली समाज नकारात्मक बाटोमा हिँडेको बताउँदै अध्यक्ष पौडेलले पूर्वीय दर्शनको आधारमा शिक्षा, अर्थ र राजनीति लागु हुनुपर्ने माग उठाएको बताए । सकारात्मक सोचको विकासका लागि नैतिक शिक्षा अपरिहार्य भएको विश्व हिन्दु युवा सङ्घको ठहर छ । 

सङ्घले भीरकोट नगरपालिकाका प्रमुखलाई नैतिक शिक्षा लागु गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नगर प्रमुख छायाराम खनालले नैतिक शिक्षा यसै शैक्षिक सत्र बाट लागु गराउने प्रतिबद्धता जनाएका छन् । सङ्घले राम्रो विषयको उठान गरेको भन्दै नगर प्रमुख खनालले शिक्षा शाखालाई  यो शैक्षिक सत्रबाट लागू गराउन निर्देशन दिए । 

नैतिकतामा बाँडिएको समाजलाई तोडमोड गरी पछिल्लो समयको समाज मानै नैतिकताको खडेरी परेको नगर प्रमुख खनालको भनाई थियो । हरेक पालिकाले भन्दा पनि नेपाल सरकारले नैतिक शिक्षा लागु गर्ने अभियान सुरु गर्नुपर्ने सुझाव खनालले दिए । 

ज्ञापन पत्र बुझाउन विश्व हिन्दु युवा सङ्घ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेल, उपाध्यक्ष विष्णु माया काफ्ले, माहासंघ भीरकोट कोषाध्यक्ष रामकृष्ण अर्याल लगायतको सहभागिता रहेको थियो । सङ्घले थालेको यो अभियानको स्थानीयले खुलेर प्रशंसा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ