- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माधव नेपाल निकट युवासंघ नेपाल नुवाकोट जिल्ला कमिटिको १५३ सदस्यीय आयोजक कमिटी घोषणा गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको जनवर्गीय संगठन युवासंघ नेपाल नुवाकोट कमिटीको भेलाले १५३ सदस्यीय आयोजक कमिटी घोषणा गरिएको हो।
युवासंघ नेपाल नुवाकोटका ईन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा वसेको भेलाले नुवाकोट सह ईन्चार्ज सुरेश अधिकारीको संयोजकत्वमा १५३ सदस्यीय युवासंघ नेपाल नुवाकोट जिल्ला आयोजक कमिटी घोषणा गरिएको संयोजक सुरेश अधिकारीले बताए ।
अधिकारीका अनुसार भेलाले जीवन आलेमगरको संयोजकत्वमा ५१ सदस्यीय पिपुल्स भोलिन्टियर्स गठन समेत गरिएको छ।
गठित आयोजक कमिटिले छिट्टै जिल्ला सम्मेलन सम्पन्न गरिनुका साथै पालिका र क्षेत्रीय कमिटीहरुको घोषणा छिट्टै भेला मार्फत गरिने पनि अधिकारिले जानकारि दिए।