arrow

कांग्रेसको क्रियाशील विवाद शीर्ष नेताको हातमा, पूर्व निर्धारित महाधिवेशनको मितिमा वडाको अधिवेशन  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
deuba-home-house-pm-niwash-congress.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाली कांग्रेसको मिल्न नसकेको क्रियाशील सदस्यताको विवाद आजबाट शीर्ष नेताहरूले नै हेर्ने भएका छन्। विवाद मिलाउने कार्यदलले संशोधन सहित बुझाएको प्रतिवेदनमा पनि कतिपय वडाको विवाद कायम रहेका कारण ती विवादलाई कार्यदलको सुझावको आधारमा शीर्ष नेताहरूले हेर्ने भएका हुन्। यसका लागि सभापति शेर बहादुर देउवाले बैठक बोलाएका छन्। 

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला रहेको बैठक शुक्रवार बिहान ११ वजे बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने छ। बैठकमा क्रियाशील सदस्यता विवाद समाधान कार्यदलका संयोजक रमेश लेखक पनि सहभागी हुनेछन्। शीर्ष नेताहरूले एक एक सहयोगी समेत बैठकमा राख्ने छन्। 

देउवाले पार्टी सह महामन्त्री डा प्रकाशशरण महत पौडेलले डा मिनेन्द्र रिजाल र सिटौलाले प्रदीप पौडेललाई सहयोगीको रूपमा बैठकमा राख्ने बुझिएको छ। विवाद भएका वडाहरूको समस्या समाधान गर्न ५ दिनको समय शीर्ष नेताहरूले मागेका छन्। यो पाँच दिनभित्र सबे स्थानको समस्या हल गरेर महाधिवेशनको लागि वातावरण सहज बनाउने तयारी शीर्ष नेताहरूको छ। शीर्ष नेताहरूले यस समयमा विवादको हल गरेपछि साउनको २०देखि २४ सम्म केन्द्रीय समितिको बैठक राखेर महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी छ। 

कांग्रेस स्रोतका अनुसार अब जतिसुकै गरे पनि पहिला तोकेको महाधिवेशनको मितिमा अब हुन सक्नेछैन। अब महाधिवेशनको मितिमा वडाको अधिवेशनसम्म हुनसक्छ की जस्तो मात्र देखिएको छ। केन्द्रीय समितिले नयाँ मिति तय गर्दा क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका जिल्लामा पठाउनु पर्ने म्याद मात्र राखिने छ। यति हुँदा पनि साउनमा मात्र नभई भदौको पहिलो साता पनि वडा अधिवेशनको 'लजिस्टिक' तयारी नपुग्ने देखिएको हो। यही वास्तविकतालाई मध्यनजर गर्दै पार्टीले आफ्नो प्रारम्भिक रूपमा वडाको अधिवेशन भदौको दोस्रो साता पुर्‍याउने देखिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ