arrow

ललितपुरस्थित हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गर्दै पुनर्निर्माण कार्य सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
hiranyavarna-recons-patan.jpg

काठमाडौं। ललितपुरको हिरण्यवर्ण महाविहार एव दिगि छेंको पुनर्निर्माण कार्य सुरु भएको छ। पुनर्स्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रित्ती अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् । 

सुनौलो मन्दिरको रूपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण विहारका रूपमा मानिन्छ । 

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो ।  

ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा ईनटाकका अधिकारीहरूले उक्त पूजामा सहभागिता जनाएका थिए । उक्त पुननिर्माणको लागत खर्च १८.१ नेपाली रुपिया लाग्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ