arrow

एमालेले स्थायी कमिटी बैठक बोलायो, तीन वटा एजेन्डामा छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । तीन वटा एजेन्डामाथि छलफल गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । असार १९ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय भएका विषयमाथि आज छलफल हुन लागेको हो ।

तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले संचारकर्मीहरुलाई जानकारी दिएका छन ।

बैठकमा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरुको पूर्णता, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेछ ।

केन्द्रीय कमिटी बैठकले विभागको पूर्णता दिने र साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।पार्टी त्यस्तै सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय भइसकेको छ । 



नयाँ