arrow

लुम्बिनी प्रदेश: सांसद पद थमौतीका लागि जसपाका पदमुक्त तीन सांसद सर्वोच्च जाने

logo
नारायण वली 
प्रकाशित २०७८ साउन १६ शनिबार
supreme-court-long.jpg

बुटवल । जसपाका पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो ।

शुक्रवार प्रदेश सभामा दर्ता भएको पत्रले तीन जना सांसदहरु पदमुक्त भएपछी सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेय सर्वोच्‍च जाने भएको बताईएको छ । उनीहरूलाई पार्टीको केन्द्रीय कार्यकारिणी कमिटिले कारबाही गरेको थियो।

कारबाहीका आधारमा लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार सांसद पद बाट मुक्त भएको सूचना सार्वजनिक गरेको थियो। सांसद पाण्डेयले यसअघि गरिएको कारबाहीको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको अबस्थामा पार्टीले कारबाही गर्नु अदालतको मानहानी भएकाले सर्वोच्च अदालत जाने तयारी थालेको जिकिर गरे । 

 सांसद पाण्डेयले भने, विपक्षी दलहरूको प्रभावमा संसद सचिवालयले अदालतको समेत मानहानी हुनेगरी काम गरेको ठहर गर्दै, त्यसवविरुद्ध आफुहरु न्यायका लागी अदालत जाने निर्णय गरेको जनाए। अदालतमा रहेको विचाराधीन  मुद्धाको अन्तिम फैसला नभएको वेला गरिएको कारबाही अवैधानिक रहने भएकाले सांसद पद थमौतीका लागि परमादेशको माग गर्दै अदालत जाने स्पष्ट पारे ।

पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले गरेको कारबाही अनुसार यसअघि बैशाख १६ गते यीनै तीन जना सांसद र यसघि पुनःजसपमा फर्कीसकेकी  सुमन शर्मा सहित चार जनालाई गरिएको कारबाहीमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरूको पद थमौती गरिदिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ