- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सोमबार पनि बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने पार्टी कार्यालय स्रोतले जनाएको छ ।
यसअघि आइतबार बसेको बैठकल साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिसकेको छ । त्यस्तै भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा आन्तरिक एकताको प्रयासलाई कायम राखिने बताइएको छ ।
तर एकताका लागि बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओली पक्षले आ-आफ्नो अडान कायम राखेको छ । एकता कार्यदलले तयार पारेको १० वुँदे सहमतिकै आधारमा पुर्नमिलन हुनुपर्ने आवाज उठिरह पनि नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ ।
तर नेपाल पक्षले १० बुँदे अनुसार नचल्ने, दोस्रो अध्यक्ष नचाहिने साथै अध्यक्ष ओलीकै जति अधिकार चाहिने शर्त राख्दै आएको छ । उक्त शर्तहरुका बारेमा ओली पक्षले कुनै प्रतिक्रिया नदिएपछि नेपाल पक्ष बैठक बहिष्कार गरिरहेको छ ।
यद्यपी, आइतबारको बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बस्ने साथै स्थानीय तहको अधिवेशन असोज ९ गतेभित्र गरिसक्ने निर्णय पनि गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जनाएका छन् । असन्तुष्ट खनाल-नेपाल पक्षले एकलौटी निर्णय भन्दै आपत्ति जनाएका छन् ।