arrow

हरिनास गाउँपालिकाका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ साउन १९ मंगलबार
harinas-gaupalika.jpg

स्याङ्जा । स्थानीय तहको निर्वाचन भएको ४ वर्ष पुरा भएर ५ वर्षमा लाग्दै छ । मुलुकको सङ्घीयता अनुसार निर्माण भएका स्थानीय तहको निर्वाचन पछि सबै भन्दा बढी अनियमितता स्थानीय तहमा देखिन थालेका छन् । नयाँ संरचना र लामो समयपछि स्थानीय तहको निर्वाचनले गर्दा जनप्रतिनिधिहरूमा बढी उन्माद देखिएको स्थानीयहरूले बताउँदै आएका छन् । 

जनप्रतिनिधि जनमुखी भएनन् भनेर आरोप समेत खेपी रहेका बेला कार्यकाल सकिनै लाग्दा सर्वसाधारण अख्तियारको ढोका पुग्न थालेका छन् । गत आर्थिक वर्षमा ९ सय ३२ उजुरी मध्ये सबै भन्दा बढी उजुरी स्थानीय तहको रहेको गण्डकी प्रदेश अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यस्तै चपेटाको भुमरीमा अहिले हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर पनि अख्तियारको निगरानीमा परेका छन् । 

गाउँपालिकाबाट विनियोजन हुने रकममा आफै मनोमानी गर्दै हरेक विकास निर्माणमा आर्थिक अनियमितता देखि कमजोर रूपमा विकास योजना सम्पन्न भएको गाउँपालिकावासीले आरोप लगाएका छन् । पटक पटक गाउँपालिका अध्यक्ष मानन्धरलाई मनोमानी नगरी विकास निर्माणमा साझेदारी अपनत्व लिन आग्रह गरे पनि दादागिरी शैलीमा अगाडी बढेपछि अनियमितता छानबिन गरिदिन अख्तियारको ढोका पुग्न बाध्य भएको स्थानीयहरूले बताएका छन् । दुई चरणमा गरेर हरिनास गाउँपालिकाका स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । नाम सार्वजनिक नगरिदिने सर्तमा ती स्थानीयले भने २०७७ साल साउन ८ गते र अर्को २०७८ साल असार २४ गते अख्तियारमा विभिन्न योजनाको नाम सहित छानबिन गरिदिन निवेदन दिएको बताए । 

उनका अनुसार ४ वर्षको अन्तरालमा उनले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाए । नागरिकको हित भन्दा पनि आफ्नो स्वार्थलाई फाइदा पुग्ने गरी रकम विनियोजन हुने गरेका छन् ती स्थानीयले भने,‘बजेट निर्धारण गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेभन्दा बाहिर रहेर हुने गरेका छन् ।’ 

गाउँपालिकाको भवन, देखि भ्यु टावर बनाउँदा टेन्डर आब्ह्रान समेत नगरी उपभोक्ताको नामबाट निर्माण गरिएको छ उनले भने । १ करोड २० लामा गाउँपालिकाको भवन निर्माण गर्दा सार्वजनिक खरिद ऐन अनुसार टेन्डर नै आब्ह्रान नगरी आफै निर्माण थाल्दा ठुलो आर्थिक अनियमितता भएको शङ्का स्थानीयले लगाएका छन् । 

उनका अनुसार गाउँपालिका भवन, बैदी छाप क्याक्मी मोटर बाटो, हरिनास ६ मा निर्माण गरिएको भ्यु टावर लगायत दर्जनौँ योजनामा आर्थिक अनियमितता भएको शङ्का गरी स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । यस विषयमा जानकारी लिन खोज्दा गाउँपालिका अध्यक्ष मानन्धर सम्पर्कमा आएनन् । अध्यक्ष मानन्धर निर्वाचित भयादेखिबाटै विवादमा तानिँदै आए पनि उनको खबर खासै बाहिर आएको थिएन । उनीको कार्यशैली बाट कार्यालयका कर्मचारी र जनप्रतिनिधि समेत असन्तुष्ट रहेको बताइएको छ । 

हरिनास ६ मा निर्माण हुँदै गरेको पुर्कोट भ्यु टावरको विषयमा आफूलाई कुनै जानकारी नभएको सोही वडाका अध्यक्ष नरबहादुर थापाले बताए । आफ्नै वडामा भ्यु टावर निर्माण हुँदा न टेन्डर आब्ह्रान भएको छ न उपभोक्ता समिति गठन गर्दा मलाई जानकारी दिइएको छ यस विषयमा आफू अनविज्ञ रहेको वडा अध्यक्ष थापाले बताए । गाउँपालिकाले नै बजेट विनियोजन गरेको र अध्यक्ष आफैले उपभोक्ता समिति गठन गरेर भ्यु टावर निर्माण गरेको थापाको भनाई छ । 

 स्याङ्जाबाट मात्रै गएको आर्थिक वर्षमा १ सय २ उजुरी अख्तियारमा दर्ता भएका छन् । ती मध्ये सङ्घीय सरकारका २१, प्रदेश सरकारका ९ र स्थानीय सरकारका ७२ उजुरी रहेका छन् । तीन तहका सरकार मध्ये सबै भन्दा बढी उजुरी स्थानीय तहकै दर्ता भएको अख्तियारको तथ्याङ्कमा देखिन्छ । कुन कुन स्थानीय तहको उजुरी दर्ता भएको छ भन्ने प्रश्नमा अख्तियारले अनुसन्धानमा समस्या हुने भन्दै नाम बताउन चाहेन । सबै जसो उजुरीमा सरकारी अनुदान विकास सम्बन्धी रहेको बुझिएको छ । यस विषयमा अख्तियारले कसरी आफ्नो अनुसन्धानलाई अगाडी बढाउने छ त्यो भने हेर्न बाँकी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ