arrow

नवलपुरमा मृत गैँडा फेला

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ साउन २० बुधबार
rhino-dead.jpg

कावासोती । नवलपुरमा मृत गैँडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने कावासोती-७ मा रहेको नमुना मध्यवर्ती सामुदायिक वनमा पोथी गैँडा मृत फेला परेको हो ।

सामुदायिक वनको पश्चिम तर्फको गेटमा गैँडा मृत देखे पछि वन हेरालुले निकुञ्ज प्रशासनमा खबर गरेका थिए । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।

गैँडा रोगी र कमजोर रहेको र वनमा लगाइएको झटका दिने करेन्टमा परी लडेर मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए । 

यो सँगै चालू आ.व ०७८/७९ मा मर्ने गैँडाको सङ्ख्या ४ पुगेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ