arrow

नवलपुरका ८२ जनामा सङ्क्रमण, ३ जनाको मृत्यु 

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ साउन २० बुधबार
corona-variant.jpg

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परीक्षणमा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

बुधवार जिल्लाको गैँडाकोटमा २१, देवचुलीमा १५, कावासोतीमा ३०, मध्य विन्दुमा ७, विनयी त्रिवेणीमा ८ र हुप्सेकोटमा १ जना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

बुधवार थपिएका ८२ संक्रमित सहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७९१ पुगेको छ ।

त्यसै गरी बुधवार जिल्लामा ३ कोरोना सङ्क्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ