arrow

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, ओली पक्षले जनायो आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले आज विहीबार बिहान ११ बजेका लागि  केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बुद्धनगरमा बस्न लागेको बैठकमा पार्टी एकता वा विभाजनबारे नयाँ निर्णय हुने जनाइएको छ । प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार बनेपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको राय लिएर मात्रै नेता नेपालले पार्टी एकता वा विभाजनबार निर्णय लिने बताउँदै आएका छन् ।

तर यता केपी ओली पक्षले बैठक बोलाएकोप्रति आपत्ति प्रकट गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार राती विज्ञप्ति जारी गर्दै नेपाल पक्षले बिहिबारका लागि डाकेको बैठकलाई अनाधिकृत भनेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिएको भन्दै विज्ञप्तिमा साउन २१ गते पार्टीले कुनै वैठक नडाकेको उल्लेख गरिएको छ ।

पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भन्दै तामाङले जारी गरेको विज्ञप्तिमा त्यस्ता गतिविधिमा नलाग्न पार्टी कार्याकर्तालाई भनिएको छ ।

पार्टी भित्रको विवादबारे सुझाव लिन भन्दै नेपाल पक्षले बुधबारका लागि आफ्नो समूहको केन्द्रीय कमिटी वैठक डाकेकोमा केही सदस्यहरु उपत्यका बाहिर रहेको भन्दै वैठक विहीबारका लागि सारेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ