arrow

एमाले सचेतकले भने- विमलालाई जबरजस्ती नभई, इच्छानुसार मुख्यमन्त्री निवास पुर्‍याइएको हो

logo
नारायण वली,
प्रकाशित २०७८ साउन २१ बिहिबार
bimala-khatri-dhakal.jpg

रुपन्देही । एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले  सांसद विमला खत्रीलाई इच्छानुसार मुख्यमन्त्री निवास पुर्‍याइएको बताएका छन् ।   सम्पर्क विहीन भएकी सांसद खत्रीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई सचेतक ढकाल र नेता मान बहादुर रावतले अपहरण शैलीमा बुटवल ल्याएको पत्रकार सम्मेलनमा बताएकी थिइन् । 

सांसद खत्रीको कुरा सार्वजनिक भएको केही समयै एमाले सचेतक ढकालले प्रदेश सभा सदस्य खत्रीकै इच्छा अनुसार आफूहरूले दाङबाट मुख्यमन्त्रीको निवास बुटवल ल्याएको दाबी गरेका छन् । सचेतक ढकालले सांसद खत्रीलाई जबरजस्ती हस्ताक्षर गराउन नलगाई सल्लाह अनुसार एमालेमै फर्किएको विज्ञप्ति सार्वजनिक गरिएको बताए ।

पत्रकार सम्मेलनमा सांसद खत्रीले आफूलाई एमाले प्रमुख सचेतक ढकाल लगायतले जबरजस्ती मुख्यमन्त्री निवास पुर्‍याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको सुनाएकी थिइन् । 

यस विषयमा प्रमुख सचेतक ढकालले सांसद विमलालाई दाङबाट मुख्यमन्त्रीको निवास बुटवल ल्याएको स्वीकार गर्दै, इच्छा अनुसार भएको तर जबरजस्ती नभएको बताएका छन् । ढकालले बुटवल ल्याउँदा, एक्कै नलिएको साथमा उनका आफन्त समेत सँगै आएको स्पष्टीकरण दिए  ।



नयाँ