१४औँ महाधिवेशन सुनिश्चितताको माग गर्दै देउवालाई पत्र
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
849
Shares
काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको सुनिश्चित माग गर्दै युवा नेताहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सबल काँग्रेस निर्माणका लागि युवा अभियानका नेताहरूले महाधिवेशनको सुनिश्चित माग गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उनीहरूले महाधिवेशनको सुनिश्चित नभए ७७ वटै जिल्ला कार्यालयमा धर्ना, अनसन र आमरण अनसन लगायतका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
अभियानका नेविसंघ नेताहरू डिल्लीराम सुवेदी,मनोजमणि आचार्य, रञ्जित कर्ण, दीपक भट्टराई, गणेशराज भट्ट, प्रमोद हरी गुरागाईँ,क्षितिज भण्डारी लगायतका नेता रहेका छन् ।