arrow

पछिल्लो २४ घण्टामा नवलपुरमा १ सय १५ जना संक्रमित 

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ साउन २१ बिहिबार
corona-variant.jpg

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परीक्षणमा ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

बुधबार जिल्लाको गैंडाकोटमा १८, देवचुलीमा ४१, कावासोतीमा २६, मध्यविन्दुमा १८, विनयीत्रिवेणीमा ५, हुप्सेकोटमा ५ र बौदीकालीमा १ र जिल्ला बाहिरको १ जना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

बुधबार थपिएका ११५ संक्रमित सहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७९६ पुगेको छ ।

 कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ