arrow

एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्षद्वारा रोक्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
nekapa-isthai.jpg

काठमाडौं । दशौं महाधिवेशनको आवश्यक तयारीका लागि भन्दै नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज सोमबार बस्दैछ ।

ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजे स्थायी कमिटी र अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने कार्यक्रम छ । त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल खुला गरिने भएको छ ।

एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भिन्नाभिन्नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गर्दै आएका छन् । नेपाल पक्षले एकताको प्रयास भइरहेको भन्दै पार्टी गतिविधि रोक्न माग गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ