arrow

सत्तारुढ विद्यार्थी संगठनद्वारा प्रवेश पत्रका आधारमा विद्यार्थीलाई खोप उपलब्ध गराउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
health-min-students.jpg

काठमाडौं । सत्तारुढ संयुक्त विद्यार्थी मोर्चाले विश्वविद्यालयहरुद्वारा संचालित परीक्षामा सहभागि विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ ।

सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेको हो ।

विद्यार्थी मोर्चाका तर्फबाट नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुप नारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेलद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति सोमबार राज्यमन्त्री श्रेष्ठलाई बुझाएका हुन् ।

उनीहरुले यसअघि पनि परीक्षा संचालनका लागि परिचालन गरिने जनशक्ति र विद्यार्थीलाई खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सुचारु गर्नुपर्ने माग गरेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ