arrow

'अबको दुई-तीनभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
devendra-poudel.JPG

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) नेता देवेन्द्र पौडेलले अबको दुई-तीनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । उनले भने,‘सरकारले पूर्णता पाउँछ । आकाङ्क्षी धेरै भएर सरकार विस्तारमा ढिलाइ भएको होइन । मलाई लाग्छ अबको दुई-तीनभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ सरकारको आयु डेढ वर्ष भएकोले यो अवधिमा जनताको मन जित्नेसरि राम्रो काम गरिने पनि उनले विश्वास दिलाए । उनले भने,‘हामी जन पक्षीय काम गर्छौँ ।’ उनले समाजवादमा पुग्नको लागि धेरै मेहनत गरिने पनि बताए । 

नेता पौडेलले सत् पक्षीय गठबन्धनको कार्यदलले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा धेरै राम्रो कुराहरू समेटिएको पनि जिकिर गरे । उनले भने,‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कुरा गरिएको छ ।’ त्यस्तै, आम जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने कुरा पनि साझा कार्यक्रममा समावेश गरिएको उनको भनाई छ । 

नेता पौडेलले आवश्यक खोप आपूर्तिको लागि सम्बन्धित पक्षसँग सरकारले पहलकदमी गरिरहेको पनि विश्वास दिलाए । त्यस्तै, सीमा समस्या समाधानको लागि आवश्यक पहल गरिने कुरा पनि कार्यक्रममा उल्लेख गरिएको उनको भनाई छ । त्यस्तै, सुशासन कायम गरिने, आम जनसमुदायमा राज्य छ भन्ने अनुभूति दिनेगरि काम गरिने, भ्रष्टाचार नियन्त्रणको लागि उचित कदम चालिनेलगायत कुरा समेटिएको पनि पौडेलले जनाए ।
 
यसअघिको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेजी गर्ने र नयाँ नियुक्तिहरू गरिने पनि उनले जनाए । त्यस्तै, विकास निर्माण र राष्ट्रिय गौरवको आयोजनालाई पनि अघि बढाउने कुरा साझा कार्यक्रममा समावेश गरिएको उनले चर्चा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ