- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले शिक्षक तथा विद्यार्थीलाई तत्काल खोप लगाई परीक्षा सञ्चालन गर्न माग गरेकी छिन् । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारले ल्याएको खोप पनि नियमित रुपमा लगाउन नसकेको आरोप लगाइन ।
सरकारले व्यवस्थित रुपमा खोप चलाउन नसक्दा खोप केन्द्रहरुमा भीड बढेको तथा शिक्षक तथा विद्यार्थीलाई तत्काल खोप लगाई परीक्षा सञ्चालन गर्नुपर्ने धारणा राखिन् ।
दार्चुलामा भारतीय सिमा सुरक्षा बलले तुइन काटेर नेपालीलाई महाकाली नदीमा बगाएको घटनाको विषयमा सरकारले भारत सरकारसँग कुरा नगरेर नेपालीको शिर निहुरिएको बताइन ।
त्यस्तै उनले अघिल्लो सरकारको पालामा भूमि व्यवस्था आयोगले गरेको कामलाई माटोमा मिलाउने काम अहिलेको सरकारले गर्न लागेको बताइन । बर्तमान सरकारको कार्य संचालन हेर्दा नेकपा एमालेको सरकार जनताका लागि रहेछ भन्ने पुष्टि भएको उनको भनाइ थियो ।