arrow

डा.शेखर कोइरालाले राखे महाधिवेशनमा जान नसकिने अडान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
Shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले क्रियाशील सदस्यता विवादको छिनोफानो नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका छन् ।

उनले तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई  वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन् ।

क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएका कारण र पार्टीको समायोजनका कारण बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्न शीर्ष नेताहरु जुटिरहेकाले  विवाद छिट्टै निरूपण हुने बताए ।

क्रियाशील सदस्यता विवादका कारण आशन्न १४औँ महाधिवेशन प्रभावित भएको छ । आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने कार्य तालिका भएपनि त्यो प्रभावित हुने निश्चिित भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ