- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले जसले देशको निर्माण गरे, विचार दिए, दृष्टिकोण दिए तिनीहरुलाई सत्ता पक्ष र प्रतिपक्षमा हेर्न नहुने धारणा राखेकी छिन् ।
उनले पुष्पलाल, बीपी, गणेशमान र मदन भण्डारी कसैको पेवा नभएको बताउँदै उनीहरुलाई सम्मान र आदर्श गर्न कुनै सीमाले रोक्न नहुने र उनीहरुले गरेको योगदानलाई कुनै व्यक्ति वा पार्टीले संकुचित गर्न नपाइने बताइन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले भनिन्, ‘जसले देशको निर्माण गरे, विचार दिए, दृष्टिकोण दिए तिनीहरुलाई सत्ता पक्ष र प्रतिपक्षमा हेर्न हुँदैन् ।’ इतिहास कसैले बंग्याउन नहुने उनको भनाइ थियो ।
उनले केपी ओलीमा विकासको प्रष्ट दृष्टिकोण भएको बताउँदै उनको कार्यकालमा धेरै काम भएको जिकिर गर्दै अहिलेको सरकारलाई काम गरेर देखाउन आग्रह गरिन् ।