arrow

बिडारीको दाबी : एमसीसी संसद्‌मा ल्याउने संवैधानिक व्यवस्था छैन

‘ओलीको भाषण सुनेर दिक्क लाग्यो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
ramnarayan-bidari.JPG

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री भइसकेको मान्छेहरुले गर्ने संसदको भाषण सुनेपछि दिक्क लागेको बताएका छन् ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै उनले धिक्कार भन्न मन लागेको बताए ।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले देशमा माओवादी र जनयुद्ध नामक सशस्त्र विद्रोह नभएको भए कोही राष्ट्रपति बन्न नसक्ने औंल्याए ।

उनले भने,‘‘प्रचण्ड ओलीको मायाजालमा नपरेको भए संविधान घोषणापछि ओली कहिल्यै प्रधानमन्त्री हुनुहुन्नथ्यो । यो देशमा माओवादी र जनयुद्ध सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्नथ्यो ।’

उनले एमसीसी संसद्‌मा ल्याउने संवैधानिक व्यवस्था नभएको दाबी गर्दै भने,‘‘एमसीसी सदनमा आउनुपर्ने विषय होइन। यो संविधानमा छैन ।’

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी किन संसद्‌मा पेश भएन भनेर गरेको प्रश्न र शैलीले सभामुख अग्निप्रसाद सापकोटाको अपमान भएको दाबी गरे।
 



नयाँ