arrow

देउवा, पौडेल र सिटौला बैठक बस्दैः महाधिवेशनको नयाँ मितिबारे सहमति खोजिंदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
deuba-poudel-sitaula.jpg

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ मितिबारे छलफल हुँदैछ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा छलफल गर्न भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई बुढानिलकण्ठ बोलाएका हुन् ।

‘सभापति ज्यूले महाधिवेशनका विषयमा छलफल गर्न वरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाउनु भएको छ, आजै सहमति गरेर भोलिको केन्द्रीय समितिबाट महाधिवेशनको नयाँ मिति तोक्ने सभापतिको इच्छा छ,’ देउवा निकट एक नेताले भने ।

बैठकमा क्रियाशील सदस्यताका विषयमा देखिएको विवाद समाधानमा पनि सहमति खोज्ने सभापति देउवाको तयारी छ । अझैसम्म पनि बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन । यस्तै सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवामा पनि सदस्यताको विवाद कायमै छ ।

क्रियाशील सदस्यता विवादले पार्टी महाधिवेशन नहुने संकेत देखिएको भन्दै पौडेल समूहले भने सभापतिमाथि दबाब बढाउँदै आइरहेको छ । 

सभापति देउवाले मंगलबार साँझ भने डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, गगन थापा लगायतसँग महाधिवेशनका बारे छलफल गरेका थिए । कांग्रेसले महाधिवेशनकै लागि छलफल गर्न भन्दै बिहीबार (भोलि) का लागि पार्टीको केन्द्रीय समिति बैठकसमेत बोलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ