arrow

नेपाली काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामा घोषणा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन २९ शुक्रबार
nepali-congress-flag.jpg_1618043342.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा घोषणा गरेका छन्। पार्टी विधानमा आफूहरूलाई क्षेत्रीय प्रतिनिधि बराबर पनि अधिकार नदिएको भन्दै उनीहरूले सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

शुक्रवार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरूका तर्फबाट कृष्ण किशोर घिमिरेले संयुक्त राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन्।

काँग्रेसले बनाएको विधानमा पदाधिकारी र निर्वाचित केन्द्रीय सदस्यलाई भने स्वतः महाधिवेशन प्रतिनिधि हुने अधिकार दिएको छ। तर आमन्त्रितलाई सो सुविधा छैन।

राजीनामा घोषणा गरेका २२ आमन्त्रित केन्द्रीय सदस्यहरू :
१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४. गोरख (आनन्द) विष्ट
५. नरेन्द्रकुमार चौधरी
६. हसन अन्सारी
७. किरणराज शर्मा पौडेल
८. रमा कोइराला पौडेल
९. कृष्ण किशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११. सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४. मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६. अभिषेक प्रताप शाह
१७. दयाराम पाण्डे
१८. जनकराज कलौनी
१९. भूमिबहादुर (विश्व) गुरुङ
२०. आशाराम चौधरी
२१. दिलीप राई
२२. राजेश बहादुर सिंह



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ