- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले आफ्ना १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको हो ।
ती १४ जनालाई सांसदबाट पदमुक्त गर्न एमालेले संसद सचिवालयलाई पत्रसमेत पठाएको छ । यस्तै सो बारे निर्वाचन आयोगमासमेत जानकारी गराइएको स्रोतले जनाएको छ ।
एमालेले नेता नेपालसहित, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसदबाट कारवाही गरेको हो ।