arrow

प्रदीप नेपाल भन्छन् : एमालेभित्रको झगडामा म कतै छैन, म मार्क्सवादी हुँ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
pradeep-nepal.jpg

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालले आफू एमालेको कुनै समूहमा नरहेको बताएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा नाम सार्वजनिक भएपछि नेता नेपालले कतै नरहेको बताएका हुन् ।

बुधबार नेता नेपाल नेतृत्वमा निर्वाचन आयोगमा नेकपा समाजवादी पार्टी दर्तापछि सार्वजनिक गरिएको ९५ सदस्यीय केन्द्रीय कमिटीमा सूचीमा नेपालको नाम चार नम्बरमा थियो।

लगत्तै नेपालले सामाजिक संजालबाट प्रतिक्रिया जनाउँदै आफू कुनै समूहमा नरहेको प्रष्ट्याएका हुन् । उनले लेखेका छन्,‘नेकपा एमालेभित्रको झगडामा म कतै छैन। म मार्क्सवादी हुँ । त्यसैले म आफ्नो ब्यक्तिगत स्वतन्त्रता कसैको अधिन राख्न सक्दिन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ