arrow

मन्त्रिपरिषद् बैठक : प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
Prabhuram-sharma-army-chief.jpg

काठमाडौँ । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  शर्मा हाल कायममुकायम प्रधानसेनापतिको भूमिकामा छन् ।

वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि २४ भदौसम्म छ । त्यसपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति बन्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ