arrow

माधव नेपाललाई प्रदेश प्रमुख उपहारः बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
bagmati-pradesh-sabha-final.jpg

काठमाडौं । सरकारले वागमती प्रदेश प्रमु्खबाट विष्णु प्रसाईलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रसाईलाई हटाएर उनको ठाउँमा शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

उनी नेता माधव नेपाल निकट हुन् । एमाले विभाजन प्रक्रिया अघि बढेसँगै नेता नेपाललाई बागमती प्रदेशको प्रदेश प्रमुख पद दिएको हो ।

सो विषयमा बिहीबार दिउसो प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालबीच वालुवाटारमा छलफल भएको थियो ।

शीर्ष नेतात्रयको छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले नेता नेपाल निकट शर्मालाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए । पदमुक्त भएका प्रसाई झापा जिल्लाका एमालेका पुराना नेता हुन् । उनी यसअघि मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ