arrow

शिक्षक सङ्घको दरबन्दी मिलान आन्दोलनमा प्रहरीको हस्तक्षेप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
ghaite.JPG

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानको विरोधमा नेपाली काँग्रेस निकट नेपाल शिक्षक सङ्घले थालेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि शिक्षक र प्रहरीबिच झडप भएको छ । गत साउन पहिलो साता नगरपालिकाको शिक्षा शाखामा तालाबन्दीसँगै रिले अनसनमा उत्रिएको नेपाल शिक्षक सङ्घ र प्रहरीबिच शुक्रवार नगरपालिकामा झडप भएको हो । 

शिक्षक सङ्घले एक महिना भन्दा बढी समय बितिसक्दा पनि स्थानीय सरकारले माग पुरा नगरेको भन्दै मूल कार्यालयमा तालाबन्दी गर्न खोजेपछि प्रहरीसँग दोहोरो झडप भएको छ । झडपमा परि शिक्षक सङ्घका नेता वीरेन्द्र सिंह बोहरा सहित घाइते भएको शिक्षक सङ्घ कञ्चनपुरका सचिव नवीन सिंह धामीले बताए । उनका अनुसार शिक्षक सङ्घले निरन्तर ३५ दिन आन्दोलन गर्दा समेत स्थानीय सरकारले नसुनेपछि शिक्षक सङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउनका लागि आएका काँग्रेसका विभिन्न भातृ सङ्घ सङ्गठनका पदाधिकारीमाथि प्रहरीले दमन गरेको बताए । 

‘हाम्रो आन्दोलनमा साथसर्मथन जनाउनका लागि आएका काँग्रेसका विभिन्न भातृ सङ्गठनमाथि प्रहरीले दमन ग¥यो, ‘उनले भने, ‘यो परिस्थिति आउनुमा स्थानीय सरकार जिम्मेवार छ ।’ शिक्षक सङ्घका सचिव धामीका अनुसार शिक्षक बोहरा सहित भीमदत्त नगरपालिका १९ की सदस्य सन्तोषी साउद, नेवि सङ्घ नेता अचुत कलौनी, इन्द्र साउद सहितका दर्जनौँ घाइते भएका छन् । शिक्षक सङ्घ कञ्चनपुरका नेता धामीले छानिछानी आफ्ना मान्छेलाई प्रअ बनाएको भन्दै आक्र्रोस पोखे । उनले शिक्षकमाथि प्रहरीले दमन गरेको भन्दै भर्त्सना पोखेका छन् । 

शिक्षक सङ्घको दरबन्दी मिलानमा एमाले, माओवादी, वैद्य, जनमोर्चा निकट शिक्षक सङ्घ सङ्गठनले स्वागतयोग्य र शैक्षिक सुधारका लागि नगरपालिकाको प्रभावकारी कदम भन्दै स्वागत गर्दै आएका छन् । चारै शिक्षक सङ्गठनले मिलान गरिएको दरबन्दी कार्यान्वयनको माग अघि सार्दै आएका छन् । 

 भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानमा असहमति जनाएर विगत एक महिनादेखि भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानमा असहमति जनाएर विगत एक महिनादेखि आन्दोलन गरिरहेका सत्ताधारी आन्दोलित छ ।



नयाँ