arrow

एमाले एकताको लागि केपी ओलीले जम्मा दुईवटा काम गर्नुपर्छ : ठाकुर गैरे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
Thakur Gaire.jpg

काठमाडौं । नेकपा (एमाले) का एकता पक्षधर नेता ठाकुर गैरेले आफूहरु एकताको लागि अझैपनि प्रयासरत रहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एकता सम्भव भएको भन्दै यसको लागि अध्यक्ष केपी शर्मा ओलीले दुई वटा काम र माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘एमाले एकताको लागि केपी ओलीले गर्नुपर्ने जम्मा दुई वटा काम छन्, पहिलो काम माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिने र अर्को १० बुँदे सहमतिको अक्षरंश पालना गर्ने प्रत्याभूति आउनुपर्छ ।’

त्यस्तै उनले माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताए । उनकाअनुसार नेता नेपालले पहिलो काम निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिने र अर्को पार्टी एकताको लागि तयार हुने हो ।

उनले आफूहरु एकता पक्षधर ५७ जनाको हिजो र आज बसेको बैठकले पनि यही निश्कर्ष निकालेको सुनाए । उनले भने,‘अहिले पनि एमालेमा एकता पक्षधरको बलियो जनमत छ । जनताले पनि यही चाहेका छन् । लाखौं जनता एकताको पक्षमा छन् ।

विभाजन गर्ने र यिनीहरु गएपनि केही फरक पर्दैन भन्नेहरु त औंलामा गनिने संख्या होला । तर, एमाले एकता चाहानेहरु भने लाखौंको संख्यामा छन् ।’ राष्ट्रिय एकता, अखण्डता, सावैभौमिकताको रक्षा, संविधानको कार्यान्वयन लगायतको लागि पनि एमालेको एकता अनिवार्य भएको गैरेले सुनाए ।  उनले आफ्नो लागि पछिल्लो समय पीडादायी क्षण भएको सुनाए । एमालेमा विग्रह फागुन २८ गतेदेखि नै सुरु भएको उनको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ