arrow

'ओलीले कुनै पनि हालतमा एमालेलाई सग्लो राख्न दिँदैनन्'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौँ।  माधव नेपाल पक्षका एक नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गुटका मान्छेलाई मात्रै अवसर दिएको बताएका छन् ।  नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले ओलीले जिउँदो रहँदासम्म आफू मात्रै एक छत्र राज गर्ने सपना देखेको र आफ्ना गुटका मान्छेलाई मात्रै अवसर दिएको सुनाए । उनले भने,‘अहिले पनि हेर्नुहोस्, उहाँले झापाका मान्छेलाई मात्रै अवसर दिनुभएको छ। केपी ओलीले कुनै पनि हालतमा एमालेलाई सग्लो राख्न दिनुहुँदैन । केपी ओलीकै कारण पनि एमालेका दोस्रो पुस्ताका नेताहरूको पार्टी एकता गर्ने सपना पूरा हुँदैन ।’ 

चौधरीले ओलीले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने कसम र किरिया खाएकोले यो अवस्था आएको आरोप लगाए। ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरूले बाध्य भएर पुनर्गठन गरेको उनको भनाई छ । 

उनले आफूहरूले एमालेको एकता र सग्लो एमालेको लागि हदैसम्मको प्रयास गरेको तर ओलीले एकता नचाहेको कारण आजको परिस्थिति उत्पन्न भएको बताए । उनले भने,‘हामीले त एकताको लागि त्याग र तपस्या गरेका हौँ, तर केपी ओलीले एमालेलाई विखण्डन गरिछाड्ने कसम खाएकोले एकता सम्भव भएन । अहिले हामी पनि नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रियामा छौँ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छौँ । भदौ ९ गते सनाखतको लागि आयोगले बोलाएको छ ।’ 

उनले एमालेका दोस्रो पुस्ताका नेताहरूले एकताको लागि प्रयास गरे पनि उनीहरूको प्रयास र प्रयत्न खेर जाने दाबी गरे । उनले भने,‘जोसँग ईस्यु छ, मुद्दा छ, योजना छ, त्यही पार्टी नै लार्जेष्ट पार्टी हुन्छ । हामीसँग भिजन छ ।’ उनले केपी ओलीले नेतृत्व गरेको एमाले अब सुक्ने र समाप्त हुने दाबी गरे । उनले भने,‘केपी ओलीले चालेका कदम र लिएका निर्णय कसरी सही छन् ? उहाँले गरेका निर्णय सही छन् भनेर कसले जस्टिफाई गर्न सक्छ ? संसद् विघटन दुई दुई पटक गर्नुभयो । यो गलत हो नि ।’ उनले भीम रावलसहित दोस्रो पुस्तका नेताहरूले थालेको एकता अभियानको ईच्छा, उद्देश्य पवित्र भए पनि त्यो पूरा नहुने ठोकुवा गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ