arrow

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
IPO_SHare.jpg

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो  ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकलाई गोला प्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको हो ।

गोला प्रथाबाट ३६ हजार ८५९ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने तीन जनाले ११ कित्ता शेयर पाएका बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्टले जनाएको छ । आवेदन दिएकामध्ये २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले रु १०० अङ्कित दरका रु तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारी र जारी पुँजीको पाँच प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुटाइएको थियो ।आइपिओ जारी भएपछि कम्पनीको चुक्तापूँजी रु १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । 

आइपिओको नतिजा मेरा शेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ