arrow

कांग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गाउन शीर्ष नेता निर्णायक छलफलमा

छलफल जारी छ, मिलेको छैन : पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
deuba-poudel-sitaula.jpg

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद मिलाउन अहिले शीर्ष नेताहरू छलफलमा छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच अहिले देउवा निवास बुढानीलकण्ठमा विवाद समाधानका बारे निर्णायक भनिएको छलफल जारी छ । 

कांग्रेसको क्रियाशील सदस्यताका विषयमा छानबिन समितिले टुङ्गो लगाउन बाँकी समस्या समाधानका लागि शीर्ष तहमा नै प्रयास भइरहेको हो । 

कांग्रेस वरिष्ठ नेता पौडेलले विवाद समाधानका विषयमा छलफल जारी रहेको र टुङ्गिन बाँकी नै रहेको जानकारी दिए । ‘छलफल हुँदै छ, म छलफलमा नै छु, मिलिसकेको छैन, कुरा हुँदै छ,’ वरिष्ठ नेता पौडेलले हाम्राकुरासँग भने । 

छानबिन समितिले १२१ वडाको नयाँ सदस्यता  स्थगित गर्दै बाँकी विवाद टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई दिँदै १२ साउनमा प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदन अनुसार बारा र सप्तरी जिल्लामा जिल्लाभर विवाद बाँकी थियो । यस्तै धनुषा-४ सर्लाही-२, रसुवा र सिन्धुपाल्चोकका केही सदस्यतामा पनि विवाद कायम थियो । 

यस्तै अन्य पार्टीबाट काँग्रेसमा समायोजन भई आएका सदस्यताको विषयमाथिको विवादसमेत कायम थियो । 

पछिल्लो पटक विवाद समाधानको जिम्मा नेता सिटौलालाई दिइएको थियो । उनीसँगै डा. मिनेन्द्र रिजाल र रमेश लेखकले विवाद समाधानका लागि प्रयास गर्दै आइरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ