arrow

एमाले स्थायी कमिटी बस्दै, माधव नेपाललाई धोका दिएकाहरु सहभागी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
oli-nepal-breakup.jpg

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार एमाले एकताको पहलका लागि भन्दै माधवकुमार नेपाललाई छाडेर तेस्रो धार दाबी गर्ने नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्वता व्यक्त गरेपछि मंगलबार स्थायी कमिटिको बैठक डाकिएको हो ।

त्यही तेस्रो धार बताउने भीम रावलदेखि योगेश भट्टराईसम्मका नेताहरु यो बैठकमा सहभागी हुने बताइएको छ । ओलीले पार्टीमा बस्ने ठाउँ नै नदिएकाले वाध्य भएर अर्को पार्टी गठन गर्न पुगेको बताउने माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरुसँग ओलीले आफ्नै निजी निवास बालकोटमा सोमबार छलफल गरेपछि ओली पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएका हुन् । 

यसअघि पनि जेठ २ को अवस्थामा पुर्याउन राजी भए पनि ओलीले सोही बमोजिमको गतिविधि भने पार्टीमा संचालन गरेका थिएनन् । एमाले विभाजन हुनुअघि एकताका लागि आधार तयार गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति जुटाएको थियो । 

त्यही सहमति कार्यान्वयनमा लैजान ओली तयार भएपछि नेपाललाई धोका दिएका नेताहरु ओलीसँग फर्किन तयार भएका हुन् । उनीहरुले आफूहरुले माधव नेपाललाई धोका दिएको नभई पार्टी एकताका लागि स्थायी कमिटीमा जाने पनि बताएका छन् । 

तर नेपाललाई अझै पनि पार्टीमा फर्किन कुनै कसर बाँकी नराख्ने पनि उनीहरुले बताएका छन् । अन्तिम समयमा पार्टीका धेरै पदाधिकारीले माधव नेपाललाई साथ नदिएपछि उनी कमजोर देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ