arrow

कोरोनाको तेस्रो लहरको उच्च बिन्दू अक्टोबरमा, सयमध्ये २३ संक्रमित अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
corona-virus-awareness.jpg

काठमाडौ । कोरोना भाइरसको महामारी विश्वभर व्याप्त छ । केही देशहरु बाहेक अधिकांश देशहरु यो महामारीसँग जुध्न सकिरहेका छैनन् । यस बीचमा भारतमा अक्टोबरमा तेस्रो लहरको उच्च बिन्दू आउने चेतावनी दिइएको छ । 

भारतीय गृहमन्त्रालयले तेस्रो लहरलाई लिएर प्रधानमन्त्री कार्यालयलाई चेतावनी जारी गरेको छ । राष्ट्रिय प्रकोप व्यवस्थापनले बनाएको समितिले अक्टाबरमा संक्रमण उच्च बिन्दूमा पुग्ने चेतावनी दिएको छ । समितिले सबैलाई तयार रहनका लागि अलर्ट पनि जारी गरेको छ । 

रिपोर्टअनुसार देशभरका बच्चाहरुका लागि मेडिकल सुविधा, भेन्टिलेटर, चिकित्सक, मेडिकल स्टाफ, एम्बुलेन्स, अक्सिजनको पूरै व्यवस्था गर्न भनिएको छ । तेस्रो लहर आउँदा १०० संक्रमितमध्ये २३ जना अस्पतालमा भर्ना हुनै पर्ने कठोर परिस्थिति पनि आउने दाबी गरिएको छ । 

तेस्रो लहरको सबैभन्दा बढी असर बालबालिका तथा युवाहरुमा हुने दाबीसमेत गरिएको छ । यसबाट बच्चका लागि अहिलेदेखि नै तयारी थाल्न पनि भनिएको छ । 

रिपोर्टले बालबालिकालाई जतिसक्यो बढी कोरोनाको खोप लगाउन पनि सुझाव दिएको छ । कोभिड वार्ड पनि यसै रिपोर्टमार्फत तयार गर्न पनि निर्देशन दिइएको छ । 

दोस्रो लहर कम हुँदै गएपछि एकैपटक तेस्रो लहर बढ्ने पनि आंकलन गरिएको छ । सोअनुसार भारतमा सोमबार (२३ अगस्ट) मात्र ११ हजार ३८५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कुनै समय ४ लाखको हाराहारीमा संक्रमित थपिँदै गएकामा अहिले त्यो संख्या घटेर ११ हजारमा झरेको छ । 

त्यसैगरी १७ हजार ५७५ जनालाई निको भएको छ । योसँगै सक्रिय संक्रमित पनि ह्वात्तै घटेका छन् । भारतमा हाल ३ लाख २१ हजार ८७७ जनामात्र सक्रिय संक्रमित रहेका छन् । 

सोमबार २६७ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा ४ लाख ३५ हजार ५१ जनाको ज्यान गइसकेको छ । भारतमा अहिलेसम्म ५८ करोड २५ लाख ४९ हजार ५९५ जनाले कोरोनाको खोप लगाएका छन् । 

जसमा दुवै डोज खोप लगाउने कुल जनसंख्याको ९.८ प्रतिशत हुन् । एक डोज खोप लगाउने ३३.९ प्रतिशत हुन् । 

नेपालको स्थिति
नेपालमा अहिले कोरोना भाइरसका संक्रमित घट्ने नामनिशान देखिँदैन । भारतले तेस्रो लहर रोक्ने तयारी गरिरहँदा नेपाल दोस्रो लहरलाई नै रोक्न सकिरहेको छैन । 

भारतमा तेस्रो लहर आयो भने त्यसको प्रत्यक्ष असर नेपाललाई पनि पर्नेछ । 
 



नयाँ